Nojoto: Largest Storytelling Platform

अक्सर अपराह्नमा पर्ने पानीले पानीसंगै याद बर्सार्इ

अक्सर अपराह्नमा पर्ने पानीले पानीसंगै याद बर्सार्इदिन्छ,, जुन याद तिमीसंग मात्र तिमीसंग जोडिएको छ। यस्तो बेला शरीरलाई  अोतमा राखेपनि मनलाई अोभानो बनाईराख्न कहिल्यै सक्दिनँ। हुन त  तिमीलाई त अरुबेला नि सम्झिरहन्छु तर पानी पर्दा तिमी यतैकतै मसंगै छौ जस्तो अाभाष हुन्छ,, लाग्छ पानीसंग समेटिएको तिम्रो याद अझै अोभाएकै छैन, मनमा उसैगरी लछप्प टाँसिएको छ जसरी झरीमा भिज्दा रुझेको कपडा शरीरमा लछप्प टाँसिएको हुन्छ,,पानीले भिजेर शरीरमा टाँसिएको कपडालाई त बरु अर्को अोभानो कपडाले विस्थापन गर्न मिल्थ्यो तर मनमा गाढा भै टाँसिएको तिम्रो यादलाई विस्थापित गर्न सक्ने अर्को याद अहँ मसंग छदैँ छैन।

         घडीले अपराह्नको चार बजाईसकेको थियो। परिक्षाको अन्तिम दिन पनि सकिदैँ थियो,, मन निस्फिक्रि भएर कता कता उड्न थालेको थियो,, भर्खरै परीक्षा दिएर सकिएको भएपनि हतास अलिकति पनि थिइनँ,, हिजोअस्तिकै दिन भए सायद बाँकि रहेका पेपरको तयारी सम्झेरै मन बोझिलो हुने थियो,, अझ त्यसमाथि तिमीले एकदिन अघिमात्र थमाएका नोट  पुरै पढेर सक्नुपर्ने दबाबले जिन्दगी पुरै थिचिएझैँ अनुभव गर्थेँ म तर अाज बोझबाट उन्मुक्त भइसकेको थिएँ जस्तो कि पिँजडाको कैदबाट चरा  मुक्त हुन्छ।

    परीक्षा हलबाट बाहिरिएपछि करिब दस मिनेटको बाटो मात्रै थियो जहाँ हाम्रा पैतलाहरु संगै पदचाप बनाउँदै अघिपछि गर्थे। त्यसपछि हामी पुग्नुपर्ने अा- अाफ्ना गन्तव्य  विपरीत फर्किएका चुम्बकका दुई ध्रुव जस्तै थिए। अरुदिन भएको भए सायद त्यहि दस मिनेटपछि लगत्तै छुटिन्थ्यौ हामी। तर त्यो दिन त्यस्तो भएन परिक्षाको अन्तिम दिन जो थियो,, सायद तिम्रो मनले त्यो पल पनि भनिरहेको हुनुपर्छ  कि यो दस मिनेट लाग्ने बाटो लम्बिएर पुरै जिन्दगी नटुङ्गिएसम्म निरन्तर हिँडिरहनु पर्ने हाम्रो जीवनयात्रा बनोस्। उसो त मलाई  तिम्रो अनुहार पढ्न गाह्रो पनि थिएन। तिमीलाई देख्दा यस्तो लाग्थ्यो कि तिमी हरबखत मप्रति अाफ्नो प्रेम अभिव्यक्त गर्ने अवसर पर्खिरहेछौ जसरी अविछिन्न रुपमा मन्दिरमा बस्ने पुजारीले भेटी प्राप्त हुने अाशामा भक्तजन पर्खिरहेको हुन्छ।
    
    तिमीले त्यहि दस मिनेटकै सेरोफेरोमा मलाई कफीको लागि अाग्रह गर्यौ मैले निशर्त स्वीकारीदिएँ। यसअघि तिम्रा अाग्रहहरु पटकपटक बेवास्ता गरिदिन्थेँ म। सायद त्यहि  सम्झेर हुनुपर्छ तिमीले साँच्चिकै हो!? भन्ने भावले मलाई  हेरिरहेका थियौ। तिम्रो नजरको सवाललाई मैले शब्दले जवाफ फर्काउन जरुरी ठानिनँ मात्रै मौन मौन मुस्कुराइदिएँ। उसै पनि बोलिराख्ने स्वभाव नै कहाँ थियो र मसंग!? अाफ्ना  प्रस्तावहरुमाथि मेरो सकारात्मक जवाफले दिने तिम्रो अनुहारको चमक हेरेर अचम्मित मात्रै होइन सोचमग्न बन्थेँ म। 🤔🤔