Nojoto: Largest Storytelling Platform

जब मेरी आमाले, घरमा चुलो जलाउँदी हुन् मेरो भागको

जब मेरी आमाले, घरमा चुलो जलाउँदी हुन् 
मेरो भागको खाना पनि, साथै पकाउँदी हुन् 

अगेनाको छेउमा बसी आगो भर्भराउँदा उनी
कल्पनामा जली~ एक्लै आँशु खसाउँदी हुन् 

थोत्रो घर चुहिने छानो भित्ता लथालिंग थियो
बाँझो बारी देख्दा कसरि चित्त बुझाउँदी हुन् 

दैला माथि तस्विर मेरो, छाती भरिको ममता 
परेलीमा सपना बोकी, रातदिन कटाउँदी हुन् 

जा ए! हावा मेरो खबर, सुना मेरी आमालाई
म आउने दिन गन्दै उनी आशा सजाउँदी हुन्

#आरुषि_कार्की आरुषि कार्की
जब मेरी आमाले, घरमा चुलो जलाउँदी हुन् 
मेरो भागको खाना पनि, साथै पकाउँदी हुन् 

अगेनाको छेउमा बसी आगो भर्भराउँदा उनी
कल्पनामा जली~ एक्लै आँशु खसाउँदी हुन् 

थोत्रो घर चुहिने छानो भित्ता लथालिंग थियो
बाँझो बारी देख्दा कसरि चित्त बुझाउँदी हुन् 

दैला माथि तस्विर मेरो, छाती भरिको ममता 
परेलीमा सपना बोकी, रातदिन कटाउँदी हुन् 

जा ए! हावा मेरो खबर, सुना मेरी आमालाई
म आउने दिन गन्दै उनी आशा सजाउँदी हुन्

#आरुषि_कार्की आरुषि कार्की
indrasaru6357

Indra Saru

New Creator