Nojoto: Largest Storytelling Platform

थाहाछैन कस्तो होला यो नोट किन पाइदैन जंगलमा यस्क

थाहाछैन कस्तो होला यो नोट  
किन पाइदैन जंगलमा यस्को बोट 
पैसा भए पाइने मान सम्मान नत्र देखाउछन खोट 
समाजमा देखाउन भएनी लगाउछन खल्ती च्यातिएको कोट 

बाहिरी वस्त्रले छोप्छन, त्यो भित्रको मैलो कमिज 
अनि पैसाको आडमा सिकाउन खोज्छन अरुलाइ तमिज 
यहा तिम्रो औदा(तह, कति धन छ) हेरिन्छ ,हेरिदैन तिम्रो जात !!
तिमी चाहे होस कुनै पनि वर्गको, हुन्छ तिम्रो सम्मान, यदि लगाउन सक्छौ तिमी पैसाको खात 
सबैमा छाएको छ यहि नगदरुपी लागुऔषधको मात!!

यो पैसा भन्ने कुरा पनि अचम्मको रहेछ 
एकै कोखका दाजुभाइ पनि अचेल दुश्मन भएछ
सुन्छु,एकै कोखका दाजुभाइ पनि अचेल दुश्मन भएछ!!
 
संसारको आठौँ अजुबा पैसालाइ पनि मान्नु पर्छ 
        किनकी,
स्वामित्व पाएको ब्यक्तिले उहीँ चित्र कोरि बनाए मान्य हुने रे
अनि सर्वसाधारणले त्येही अनुरुप बनाए जान्नेसुन्ने हुने रे!!

भन्छन ठिक पार्छ पैसाले भित्री चोट 
त्येसैले भन्ने गर्छु थाहाछैन कस्तो चिज होला यो नोट  
भन न कहाँ ,कुन जंगलमा पाइन्छ पैसा फल्ने बोट

©Rima Thapa #PeotryUnplugged #Nepali_words  #moneyisnoteverything #support

nojotouser2696145013

Rima Thapa

New Creator