सनेट २ हृदयभित्र टाक्सिएका भावनाहरू बोल्दछ मनको कुरा मन मै सुन्दर रूपमा सजेको छ चित्त बुझाउने ती कल्पनाका द्वारहरु खोल्दछ आत्माका हरेक बिगुलहरु स्पष्ट बजेको छ। बग्दै गरेको खोला,नाला, सुन्दर र स्वच्छ पहाड सुशोभित छन् सबै तनमा, तरंगित छन् यहाँ भयानक रुपले गुन्जियो, सुनें आकाशको दहाड़ सजिएको सुर प्रतिध्वनित, संगीत छन् यहाँ। पशु-पंक्षी, विचित्र संसार, मस्त छन् यहाँ रोमाञ्चकारी खेलहरूको सुन्दर प्रदर्शन भुसुना देखि विशाल प्राणी सुस्त छन् यहाँ अज्ञानता सबै काटिने, छ धारिलो सुदर्शन। त्यो नाङ्गो प्रकृति देख्दा भो' शान्त र लज्जित आराम पाएँ जीवनमा, भयो मेरो तन प्रफुल्लित। ©Rupesh Adhikari सनेट २ #sonnet #poem #Poetry #poem✍🧡🧡💛 #nepalipoem #NepaliSonnet❤️