पठाइदे !! बाबा भन्नुहुन्छ- काँध पाटियो केटा,पैसा पठाइदे ! संगिनी भन्छिन- अब घर बनाएर छुट्टै बस्नु पर्छ जे पठाउने हो, छुट्टै पठाइस्योस् ! भाइ भन्छ- अत्ति भो दाई, संसार खिच्छु, क्यामेंरा पठाइदे ! बैनी भन्छे- लाजको मर्नु भो दादा, मेख मार्ने मोबाइल पठाइदिनुस् ! कहिलेकाहिं दिदीले सुनाउनुहुन्छ- भिनाजुको नाडीमा राम्रो घडी छैन, जोरीपारीमा इज्जतै जोगिन्न ! दाईले सिधै भन्नुहुन्न- बिज्नेस गर्न लगानी पुगेको छैन, यो शीर आज सम्म अन्त झुकेको छैन ! भाउजु झन आस नै गर्नु हुन्न- हामीलाई त के नै पो पठाउँथे ! ठूला बडा देवरले ?! साथीहरू भन्छन- के पठाउलास् र तँ जस्तो चुइँयाँले अरु छोड्, दुई चार वटा कालो बोतल पठाईदे ! सरकार भन्छ- एक्लै भइस् भने बरु,अरु साथी पठाइदिन्छु खुरुखुरू रेमिट्टेन्स पठाइदे ! महत्वाकांक्षीहरू भन्छन- हामी माथि पुग्ने सिंढी बनिदे अलिकति समाजसेवा पठाइदे ! आमा मात्र एउटी छन जो मक्किएको मन लिएर भत्किएको आँगनमा उभिन्छिन ! सुटुक्क आँखाको बादललाई आशाको पानीले पखालेर हेर्छिन- आउने जाने चिल गाडीहरूलाई ! र चुप्पी साँधेर भन्छिन- ईश्वर हे ! मेरो सानेलाई छिट्टै घर पठाइदे !! ✍️सुनिल 💋पठाइदे