Find the Best Nepali_Poem Shayari, Status, Quotes from top creators only on Gokahani App. Also find trending photos & videos aboutlove shayari in nepali for girlfriend, nepali love shayari and ghazal, best love shayari nepali for husband, nepali love shayari for boyfriend, nepali shayari for love,
pranit
Barki (shawl) Dedicated to all mothers on occasion of #international_womens_day #Nepali_Poem
read morepranit
"बरकी" प्रनित कुलुङ राई निर्बल लरखराई रहने मेरो ती पाईलाहरुलाई, "ता-ते, ता-ते" धुनको साथलगाई, कतै कमजोर बनी लड़ी जान्छु कि भनेर, पखार्लसरि बलियो त्यो तिम्रो काँधमा, नफुत्किनेगरि, मलाई बाँधि राख्ने, तिम्रो त्यो बरकी। मेरो त्यो चिख-भित्र लुकेको भु:खलाई बुझी, तिखो स्वरमा कार्ली-कार्ली रूँदा, आफनु दु:ख भुलि, मधुर धुन गाउँदै, मलाई तिम्रो काँधमा बरकीले बेरी, घण्टौ आफुले त्यस बरकीको गाँठोको कष्ट सहि, मलाई आनन्दको सपना दिलाउने, तिम्रो त्यो बरकी, आज देखेर किन लाग्छ हौ ! मलाई किरिकिरी । कति पुछेउ होला, तिम्रो पसिना र मेरो आँशुहरु कति लुकायौ होला, तिम्रो कठिनाई र मेरो भुलहरू, तर आज म बलवान् भएको कि, पातुलो र कमजोर भएको, तिम्रो त्यो बरकी, बेरंग, थोत्रो अनि असाउँदो हुँदा, किन घृणाको बस्तु बन्दैछ ! तिम्रो त्यो बरकी । हुन त म तिम्रो बरकीको ऋणी त छु, तर जिवनको तितो सत्य त यही रहेछ, मेरो अन्धो-निस्ठुरी भावनाहरुले तिम्रो ऋण तिर्न भन्दा, अरूकसैलाई नै मँहगौ उपहार दिन रुचाउँछ, तिम्रो कर्जामा डुबेर पनि, स्वार्थी, लज्जित, अन्धो भावनाहरुले, मेरो कहिले तिर्न नसक्ने रहेछु मूल्य तिम्रो त्यो बरकीको । #international_womens_day #mothers #nepali_poem
दासनुदास सोम
सुरक्षित छैनन् नारीलाई ढलाई दिन्छन!! एसिडले प्रहर नारीलाई चलाई दिन्छन!! हत्या हिंशा सामान्य भयो समाजमा त!! पापीले जिउँदै नारीलाई जलाई दिन्छन्!! #nepali_poem
About Nojoto | Team Nojoto | Contact Us
Creator Monetization | Creator Academy | Get Famous & Awards | Leaderboard
Terms & Conditions | Privacy Policy | Purchase & Payment Policy Guidelines | DMCA Policy | Directory | Bug Bounty Program
© NJT Network Private Limited